के हामीलाई थाहा छ ? हाम्रो देशमा वैदेशिक शक्ति कहाँसम्म पुगिसकेको छ : डा अहिराज

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, १५ साउन । मधेश प्रदेशका निवर्तमान प्रदेश प्रमुख डा. राजेश अहिराजले के हामीलाई थाहा छ ? हाम्रो देशमा वैदेशिक शक्ति कहाँसम्म पुगिसकेको छ भन्दै देशबासीलाई सामाजिक संजाल फेसबुक मार्फत गम्भीर हुन अनुरोध गरेका छन् ।

डा. अहिराज भन्छन्, ‘विदेशी शक्तिकै कारण आज आम नागरिकले राज्य माथिको विश्वसनियता गुमाउँदै छ ।’

श्रमिकहरु स्वदेशमा आफ्नो श्रम बराबरको मुल्य छैन भन्दै बिदेशी बजारमा आफ्नो श्रम बेच्न ताती लाएर जान बाध्य छ , विद्यार्थीहरु स्वदेशी शिक्षामा आफ्नो भबिश्य छैन भन्दै बिदेशी शिक्षाका लागि बिदेशी स्कुल कलेजमा भौतारिएका छन्, उद्योगी ब्यापारी आफ्नो उत्पादनका लागि ठुलो बजारको खोजीमा विदेश जाने क्रम बढ्दो छ ।

यसरी श्रमिक, विद्यार्थी र उद्योगी ब्यापारी लाई स्वदेशमा बस्ने वातावरण सिर्जना भएन भने देशमा आर्थिक संकट आउने र बेरोजगारीको संख्या बढ्ने अनि ती बेरोजगार लाई आर्थिक प्रलोभन देखाएर धर्मान्तरण गरि जातीय दोन्दमा देशलाई लैजाने अनि नेपाली नागरिक लाई हतियार दिएर एक आपसमा लडाउने दीर्घकालिन हिंसा र चरम गरिबको चपेटामा सदै नेपाललाई राख्ने नेपाललाई गृह युद्धमा पुराउने अनि शान्ति सेनाको नाममा बिदेशी सेना भित्राएर नेपालको प्राकृतिक स्रोत साधन माथि दोहन गर्ने जुन नेपालले पहिचान गर्न सकेको छैन त्यस्ता खनिज पदार्थ लाई लुटेर लैजाने बिदेशीको यो योजना लाई हामी सबै नेपालीले प्रास्त गर्नु पर्छ र यो विषयमा हामी सबै नेपाली गम्भीर हुनुपर्ने उनको धारणा रहेकोे छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ