कैलाली, १५ साउन । कैलालीका विभिन्न ३ ठाउँबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमध्ये धनगढी उपमहानगरपालिका–२ बस्ने २७ वर्षीय योगेश कुँवर र सोही उपमहानगरपालिका–१ बस्ने २६ वर्षीय कुनाल खड्कालाई करिब ३ सय ५० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलबाट, जोशिपुर गाउँपालिका–६ सिमरी बस्ने १९ वर्षीय अर्जुन बडायकलाई करिब ३ सय मिलिग्रामसहित सोही ठाउँबाट र टिकापुर नगरपालिका–७ बस्ने २० वर्षीय राम सुरेश चौधरीलाई करिब १ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित भजनी नगरपालिका–५ कव्वाखेडा घाटबाट प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया