कटुवा पेस्तोलसहित एक जना पक्राउ

समाचार

मोरङ, १५ साउन । पथरी शनिश्चरे नगरपालिका–३ विकास टोल बस्ने ३२ वर्षीय राज कुमार तुम्बापोलाई १ थान कटुवा पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ