जब्दीघाटमा पुल नबन्दा हरियो तरकारी बजारीकरणमा समस्या

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, १५ साउन । बर्दियाको गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल बाढीले बगाएपछि आवतजावतका लागि सास्ती भएको छ ।

पुल बाढीले बगाएपछि आवतजावत गर्दा जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छ ।

बाढीले क्षतिग्रस्त बनाएको ६ बर्ष बितिसक्दा पनि पुल निर्माण नहुदा बर्षाे देखी सास्ती व्यहोर्नुपरेको बारबर्दिया नगरपालिका – ११ जब्दी गाउँका कृषक राम प्रसाद थारुले बताए ।

“हरियो तरकारी फल्ने र बिक्री हुने यो मुख्य याम हो सदरमुकाम गुलरिया बजारसम्म हरियो तरकारी पु¥याउन सकिएको छैन“ उनी भन्छन्, ‘पुल छैन डुङ्गामा हालेर नदि तार्दा महगो भाडा तिर्नुपर्छ त्यसैले तरकारीको बजारीकरणमा समस्या परेकाको छ ।’

अधिकांशको बारीमा तरकारी लटरम्म फलेको छ । बिक्री हुने मुख्य गुलरिया हाटबजार हो । जाने बाटो नहुँदा बिक्री गर्न नसकेको बारबर्दिया – ५ धोवीया गाउँका कृषक हरिराम चौधरीले बताए ।

बारबर्दिया नगरपालिका कृषि शाखा प्रमुख झलक खड्काका अनुसार १५ हजार हेक्टर क्षेत्रफल जमिनमा खेती हुने बारबर्दिया नगरपालिकामा १८२ हेक्टर जमिनमा तरकारी खेती हुनेगर्छ ।

यहाँका कृषकहरुको मुख्य बजार गुलरियामा लाग्ने साप्ताहिक हाट बजार हो । अहि जब्दीघाटमा पुल नहुदा कृषकहरु धेरै समस्यामा परेका छ । यता बाट हरियो तरकारी लैजान र उता बाट मल बीउ बिजन ल्याउन नपाएको पालिकाका कृषकहरुले कृषि शाखामा दिनहु आएर आफ्नो दुखेसो पोख्ने गरेको उनले बताए ।

रु १६ करोड ६८ लाखमा निर्मित जब्दीघाट पुल २०७४ सालको साउन अन्तिम साता बबई नदिमा आएको बाढीले क्षतिग्रस्त बनाएको थियो ।

जब्दीघाट पुल हस्तान्तरण नहुदै भासिएको थियो । पछिल्लो समय उक्त पुल निर्माण गर्ने कम्पनीसंग क्षतिपूर्ति असुल गरि जब्दीघाटमा नंया पुल निर्माणका लागि बर्दिया क्षेत्र न. १ बाट निर्वाचित संघीय सांसद सन्जय कुमार गौतमले पहल गर्दै आएका छन् ।

पुल निर्माणको पहल राख्दै उहाँ क्षतिग्रस्त पुल मुनि गत बैशाख ३० गतेदेखि जेठ ६ गतेसम्म आमरण अनशन बसेका थिए ।

आमरण अनशन बस्नु भएका सांसद गौतम र सरकारको प्रतिनिधि भएर सम्झौता गर्न आउनु भएका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला बिच १ महिना भित्र पुल निर्माण गर्ने सम्झौता भए पछि सांसद गौतमले अनशन तोडेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ