डेढ महिनादेखि धर्नामा रहेका आरती साहका परिवारलाई निःशुल्क चेकजाँच तथा औषधि

समाचार

काठमाडौं, १५ साउन । समतामूलक समाज निर्माण महाअभियानको टिमले विगत ४६ दिनदेखि काठमाडौंमा धर्नामा बसेका आरती साहका परिवारलाई निःशुल्क चेकजाँच तथा ओषधि दिएको छ ।

काठमाडौंस्थित माइतीघर मण्डलामा विगत ४६ औं दिनदेखि धर्ना बसेका आरती साहका परिवारलाई स्वास्थ स्थिति अस्वथ रहेको जानकारी पाएपछि महाअभियानका सदस्य डाक्टर ऋषि साहद्वारा निःशुल्क चेकजाच गरि औषधि सहित प्रदान गरिएको महाअभियानकी उपाध्यक्ष सुनिता साहले जनाएकी छन् ।

साथै सो टोलीले उनीहरुको मागबारे गृहमन्त्रीका स्वकीय सचिवलाई टेलिफोन मार्फत जानकारी दिएको थियो ।

सो कार्यमा महाअभियानका अध्यक्ष विजय प्रकाश निषाद, उपाध्यक्ष सुनिता साह र मिना साह सदस्य सहितको उपस्तिथि रहेको थियो ।

गृहमन्त्रीका स्वकीय सचिव मार्फत अवगत गराई गृहमन्त्रीसँग छिटोभन्दा छिटो समय मिलाउन आग्रह समेत गरिएको अभियानकी उपाध्यक्ष साहले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ