विभिन्न लागूऔषधसहित युवक पक्राउ

समाचार

मोरङ, १६ साउन । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट विभिन्न नियन्त्रित लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।

लुपिजेसिक ७ एम्पुल, फेनारगन २ एम्पुल, एभिल ७ एम्पुल र डाइजेपाम ७ एम्पुलसहित कानेपोखरी गाउँपालिका–४ बस्ने ३५ वर्षीय सुबिन राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४५१ प ४८२४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ