महोत्तरी, १६ साउन । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महोत्तरीको मटिहानी नगरपालिकामा मंगलबार ११० फिट लामो राष्ट्रिय झण्डाको उद्घाटन गरेका छन् ।
सो अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्री, प्रदेशसभा सदस्य लगायतको उपस्थिति रहेको थियो ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा देखिएका सिचाई र खानेपानीको समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
यसका लागि आवश्यक कदम अघि बढाइएको र चाँडै नै यसको परिणाम देखिने उनले जानकारी दिए ।
सिचाईको व्यवस्थापन र सबै नागरिकलाई खानेपानीमा पहुँचको लागि प्रदेश सरकारले संघीय र स्थानीय सरकारसित पनि समन्वय गरिरहेको मुख्यमन्त्री यादवले बताए ।
प्रदेशमा सिचाई र खानेपानीको चरम अभाव देखिएको छ, उनले भने, नागरिकको समस्या समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।
प्रदेशबासीको समस्याप्रति सरकार संवेदनशिल रहेको बताउनुहुँदै मुख्यमन्त्री यादवले सिचाई र खानेपानीको दीर्घकालीन समाधान खोज्न प्रयासरत्त रहेको बताए ।
तपाईको प्रतिक्रिया