कैलाली, १७ साउन । कैलालीका विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूमध्ये गोदावरी नगरपालिका–१ बस्ने १८ वर्षीय किशोरसहित ३ जना ३० मिलिग्राम तथा सु.प.प्रदेश ०१–०११ प ५५१६ नम्बरको मोटरसाइकलसहित धनगढी उपमहानगरपालिका–३ स्थित फाप्ला ग्राउण्डबाट पक्राउ गरिएको थियो ।
यस्तै, धनगढी उपमहानगरपालिका–८ बस्ने २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण रानालाई करिब ७ सय मिलिग्राम तथा सु.प.प्र ०१०१० प ९५९६ नम्बरको मोटरसाइकलसहित सोही उपमहानगरपालिका–३ ब्यारेलबाट र गोदावरी नगरपालिका–१ बस्ने २३ वर्षीय तेज साउदलाई करिब ४ सय मिलिग्रामसहित सोही नगरपालिका–१ धनगढी रोडबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित प्रहरीले पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया