६० केजी गाँजा बरामद

समाचार

महोत्तरी, १७ साउन । औरही नगरपालिका–२ फुलबरीयास्थित उखु खेतबाट अवैध लागूऔषध गाँजा करिब ६० केजी बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

खेतमा शंकास्पद ३ वटा पोका रहेको भन्ने विशेष सूचनाको आधारमा प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी बरामद गरेको हो ।

गाँजा राख्ने व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ