नेपालगन्ज, १८ साउन । बाँकेका चार जना वरिष्ठ चिकित्सकलाई सम्मान गरिएको छ ।
सामाजिक क्षेत्रको अगुवा संस्था बाँके युनेस्को क्लबले आफ्नो ३४ औं वार्षिक साधारणसभाको अवसरमा बुधबार आयोजित विशेष समारोहमा चार जना वरिष्ठ चिकित्सकलगायतलाई सम्मानित गरिएको हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका सह निर्देशक डा. रोमन किदवाई, नेपालगन्ज मेडिकल कलेजका सहायक निर्देशक डा. नितेषकुमार कनोडिया, मेडिकल कलेजका वरिष्ठ फिजिसियन डा. आसिम किदवाई र वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. सन्दीप गुरुङलाई सम्मान गरिएको हो ।
पूर्वमन्त्री तथा जसपाका नेता मोहम्मद ईश्तियाक राईले दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।
सो अवसरमा बोल्दै पूर्वमन्त्री राईले परेको बेला देश र जनताका लागि विशेष योगदान गर्ने व्यक्तित्त्वलाई सम्मान गर्ने परम्पराले अरुलाई पनि प्रोत्साहित गर्ने हुँदा यस्ता कार्य निरन्तर जारी रहनु पर्ने बताए ।
तपाईको प्रतिक्रिया