काठमाडौँ, १९ साउन । डा.सीके राउत नेतृत्वको जनमत पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ ।
सो बैठकमा विभिन्न समसामयिक विषयवस्तु, प्रदेश र संघीय सरकारको कारबाही र आगामी २०८४ को चुनावबारे छलफल भएको हो ।
केन्द्रीय समिति बैठकमा जनमत पार्टीले सङ्घ र प्रदेश सरकारलाई दिएको समर्थन कायम राख्ने भएको छ ।
पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष डा सिके राउतले वर्तमान सरकारलाई निरन्तता दिने निर्णय गरेको पार्टीका केन्द्रीय प्रवक्ता डा शरद सिंह यादवले बताए ।
बैठकले पार्टी सङ्गठनलाई पाँच गुणा ठूलो बनाउने लक्ष्यका साथ ‘मिसन–८४’ अगाडि बढाउने निर्णय गरेको छ ।
तपाईको प्रतिक्रिया