काठमाडौं, २१ साउन । जनता समाजवादी पार्टी नेपालका नेता संजय यादव डा.सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।
आइतबार बुद्धनगरस्थित जनमतको केन्द्रीय सम्पर्क कार्यालयमा यादवलाई अध्यक्ष डा.राउतले पार्टी प्रवेश गराउँदै सदस्यता प्रदान गरेको प्रवक्ता डा.शरदसिंह यादवले जनाएका छन् ।
युनाइटेड मधेशीज अफ नेपालका संस्थापक समेत रहेका यादव स्थानीय चुनाव अघि लोकतान्त्रिक समाजवादी पार्टी प्रवेश गरेका थिए । त्यसपछि लोसपा परित्याग गर्दै जसपाबाट स्थानीय चुनावमा दुर्गाभगवती नगरपालिकाको मेयरमा चुनाव लडेका थिए ।
तपाईको प्रतिक्रिया