विराटनगर, २२ साउन । मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि कोशी प्रदेश सरकारले ताप्लेजुङको फुङलिङ नगरपालिकालाई वारुणयन्त्र तथा पिकप भ्यान हस्तान्तरण गरेको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरि सो मन्त्रालयको जिम्मेवारी सम्हालेका कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले एउटा वारुणयन्त्र तथा पिकप भ्यान नगरपालिकाका प्रमुख अमिर मादेनलाई हस्तान्तरण गरे ।
मुख्यमन्त्री थापाले नगर प्रमुखलाई सवारी साधनको साँचो र कागजात हस्तान्तरण गरेका थिए ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् न्युनिकरण तथा व्यवस्थापनका लागि एकिकृत रुपमा सेवा प्रदान गर्न प्रदेशका १४ वटै जिल्लाका विभिन्न पालिकाहरूमा मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र स्थापना गर्दै आएको छ ।
तपाईको प्रतिक्रिया