मधेश प्रदेशमा मैथिलीलाई कामकाजी भाषा बनाउन ज्ञापन र हस्ताक्षर संलकन बुझाइयो

समाचार

जनकपुरधाम, २२ साउन । मधेश प्रदेशको कामकाजी भाषाको रुपमा मैथिली भाषालाई कार्यान्वयन गर्न प्रदेश सरकारलाई ज्ञापनपत्र र हस्ताक्षर सङ्कलन सहितको ब्यानर बुझाइएको छ ।

अप्पन विराटगढ परोपकार समाज सहितका संस्थाले प्रदेशका विना विभागीय मन्त्री सुरिता साहलाई ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापनपत्र बुझाउँदै समाजकी अध्यक्ष वसुन्धरा झाले मैथिली भाषालाई कामकाजी भाषाको रुपमा मधेश प्रदेशमा भाषा आयोगले सिफारिस गरेको बताउँदै हिन्दीलाई कामकाजी भाषा बनाउने षड्यन्त्र भइरहेको आरोप लगाइन् ।

मधेश प्रदेशमा बहुसङ्ख्यक मैथिली भाषाभाषीहरुको बसोबास भएकाले मैथिलीको पहिचान, अस्तित्वको रक्षा गर्न एक कदम पनि पछाडि नहट्ने उनीहरूको भनाइ छ ।

अध्यक्ष झाले कठोर पर्वको रुपमा रहेको जितिया पर्वलाई राष्ट्रिय पर्वको रुपमा मान्यता दिई सार्वजनिक बिदाको घोषणा गर्नुपर्ने माग गरेकी छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ