जनकपुरधाम, २२ साउन । आगामी भदौ र असोजमा डेङ्गुको जोखिम वृद्धि हुने आकलन तथा विश्लेषणका आधारमा मधेश प्रदेश सरकारले डेङ्गु भाइरसवाहक लामखुट्टेका फुल मार्ने ‘लार्भिसाइट’ छर्कने निर्णय गरेको छ ।
एडिज जातिका लामखुट्टेको टोकाइबाट हुने डेङ्गु रोग नियन्त्रणका लागि लामखुट्टेको फुल मार्न एक करोड ६० लाख रुपियाँ बराबरको लार्भिसाइट खरिद गर्ने निर्णय गरिएको जनाइएको छ ।
लार्भिसाइट खरिदका लागि प्रदेशका आठ वटै जिल्लास्थित स्वास्थ्य कार्यालयमा २०–२० लाख रुपियाँका दरले रकम पठाइएको छ ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा मन्त्रालयले आठ वटै जिल्लाका स्वास्थ्य कार्यालयलाई २०–२० लाख रुपियाँ पठाएको थियो ।
सो रकमबाट कतिपय जिल्ला स्वास्थ्य कार्यालयले लार्भिसाइट खरिद गरी जोखिमपूर्ण ठाउँका जल जमेको क्षेत्रमा छर्केका थिए भने केही जिल्लामा लार्भिसाइट खरिद गर्ने बजेट फ्रिज भएको थियो । अहिले साउन महिनाको उच्च तापक्रमका बेला यस प्रदेशमा ३२ जना डेङ्गुका रोगी देखिएका छन् ।
गत असार मसान्तमा डेङ्गु सङ्व्रmमणको दृष्टिले अत्यन्त जोखिमपूर्ण मानिएका पूर्वपश्चिम राजमार्गस्थित बर्दिबास क्षेत्रलगायतमा ‘लार्भासाइटिस’ छर्किएकाले ती ठाउँमा अघिल्ला वर्षजस्तो डेङ्गुको सङ्व्रmमण देखिएको छैन ।
तपाईको प्रतिक्रिया