तिलोत्तमामा लम्पी स्किनविरुद्ध खोप लगाइँदै

समाचार

रुपन्देही, २२ साउन । जिल्लाको तिलोत्तमा नगरपालिकामा लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरिएको छ ।

पशुमा महामारीको रुपमा फैलिएपछि तिलोत्तमा नगरपालिकाले आइतबारदेखि नगरपालिकाभित्र किसानले पालेका गाईभैँसीमा लम्पी स्किनविरुद्धको खोप लगाउन सुरु गरेको हो ।

पशुमा लगाइने लम्पी स्किनविरुद्धको खोप स्वास्थ्यकर्मीलाई हस्तान्तरण गर्दै तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले किसानको पशुधन सुरक्षाका लागि नगरपालिकाले नीति कार्यक्रममै सम्बोधन गरेर बजेटको व्यवस्था गरी नगरपालिकाभित्र रहेका सबै पशुमा खोप लगाउन लागिएको बताए ।

नगरपालिकाले नगरसभाबाट लम्पी स्किनविरुद्धको खोप लगाउन २० लाख रुपियाँ बजेट विनियोजन गरेको पनि उनले जानकारी गराए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ