एकनाले भरूवा बन्दुक र जरायोको सिङसहित पक्राउ

समाचार

बाँके, २३ साउन । कोहलपुर नगरपालिका–१३ सिम्री बस्ने २८ वर्षीय लाल बहादुर पचलैयालाई एकनाले भरूवा बन्दुक र जरायोको सिङ १ जोडीसहित प्रहरीले पक्राउ गरेको छ ।

लाल बहादुरले सोही ठाउँ बस्ने वीर बहादुर वलीको घरमा पालेको कुकुरलाई बन्दुकले मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले लाल बहादुरको घर तलासी गर्दा उक्त बन्दुक र सिङ फेला पारी पक्राउ गरेको हो ।

साथै कोहलपुर नगरपालिका–१३ सिम्री बस्ने शेर बहादुर खत्रीको घरबाट समेत एकनाले भरूवा बन्दुक १ थान प्रहरीले बरामद गरेको छ । हाल फरार शेर बहादुरको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ