धनुषा, २३ साउन । मिथिला नगरपालिका–२ आनन्दपुरस्थित बसी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने १७ वर्षीय अजय यादवको मंगलबार बिहान मृत्यु भएको हो ।
उक्त खोला तर्ने क्रममा यादवलाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेन्द्रनगर, ईलाका प्रहरी कार्यालय ढल्केवर र सशस्त्र प्रहरी बल नेपालको संयुक्त टोलीले उद्दार गरी उपचारको लागि महेन्द्रनगर हेल्थ केयर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया