बर्दियामा ड्रागन फलको बजारीकरणमा समस्या

समाचार

कमल राज पौडेल देवकमल, बर्दिया, २३ साउन । धेरै जसो सामाजिक संजालमा लटरम्म फलेको र बजारमा महगो दाममा बिक्री भएको भिडियो देखेर उत्साही भएर “ड्रागन फल” खेती गरेका बर्दियाका किसानहरु भन्छन् ड्रागन फलको बजारीकरणको समस्याले गर्दा लागत मुल्यमा बेच्न गाह्रो भयो ।

कम उत्पादन हुने र लागत मुल्य धेरै लाग्ने एक हजार प्रति के जी नबेच्ने हो भने लागत मुल्य उठ्दैन तर एक हजार प्रति के जी खरिद गरि ड्रागन फल खाने ग्राहकको संख्या बर्दियामा कम भएको किसानहरु बताउँछन् ।

सामाजिक संजालमा देखेका सबै कुरा सत्य हुन्छ भन्ने भ्रम पनि सकियो “मधुवन नगरपालिका – ६ मा १८ कठ्ठा जमिनमा ड्रागन फलको खेती गर्दै आएका चित्र लामिछाने भन्छन् त्यत्रो लगानी र मिहिनेत गरियो अहिले उत्पादन लागत मुल्यमा बेच्न गाह्रो छ ।

उनले छ सय वटा सिमेन्टको पोलमा २ हजार ४ सय रातो र सेतो ड्रागन फलको बोट हुर्काएका छन् । तीन वर्ष अघि रोपिएका ती बोटमा अहिले रातामै फल लागेर पाकेका छ्न तर बिक्री गर्न गाह्रो भएको छ ।

उनले युटुबमा हेर्दा ड्रागन फल मिठो पोषिलो र महगो बिक्री हुने फलफूल हो भन्ने सुनेर यो खेती सुरु गरेको बताए ।

प्रती के.जी. एक हजार रुपैयाँसम्म बजारमा सजिलै बिक्री हुन्छ भनेर प्रचार हुने गरेको तर यो फल सबैले खानु पर्छ यसको के कस्ता फाईदा छन् भनेर स्थानीय कृषि कार्यलयले जनचेतनामूलक कार्यक्रम संचालन नगर्नाले अहिले यसलाई बिक्री गर्न गारो भयो उनले सुनाए ।

मधुवन नगरपालिका– ८ गणेशपुर गाउँमा कृषि फार्म स्थापना गरि ड्रागन फलको खेती गरिरहेका किसान जीवन मल्ल भन्छन् “राज्यले ड्रागन फलको विदेश निकासी सहज गरिदिने हो भने कुनै बेरोजगार युवालाई रोजगारीका लागि विदेश जानु पर्दैन यो खेतीबाट मनग्ये आम्दानी गर्न सकिन्छ । अहिले बर्दियामा धेरै उत्पादन भएको छ उत्पादन भएको ड्रागन फलको व्यवस्थित बजार छैन त्यसैले गत बर्षको तुलनामा यो बर्ष आधा मुल्यमा ड्रागन फल बिक्री भइरहेको छ ।”

कृषक मल्लले १८ कठ्ठा जमिनमा खेती गर्दै आएका छन् । खेतीका लागि बनाएको सिमेन्टको पिलर र त्यसका बिरुवा अडाउने टायरको दाम समेत महङ्गिएको श्रमिकको ज्याला मलखाद लगायतको दाम बढीरहेको छ बजार र मुल्यको सुनिश्चितता नहुँदा ड्रागन खेतीमा लागेका किसानमा निराशा बढेको कृषक मल्लले बताए ।

एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय गुलरिया बर्दियाका कार्यालय प्रमुख सागर ढकालले भने, ड्रागन फल खेतीमा लागेका किसानहरुलाई एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयले प्रोत्साहन स्वरुप अनुदान दिने गरेको छ ।

बर्दिया जिल्लामा ४ हेक्टर जमिनमा ड्रागन फलको खेती हुदै आएको छ यस बर्ष ४० मेट्रीक टन ड्रागन फल उत्पादन हुने अनुमान गरिएको छ । लागत अनुसारको मुल्यमा बेच्न गारो भएता पनि ड्रागन फलको खेतीमा किसानहरुको आकर्षक बढीरहेको छ । यस बर्ष पनि थुप्रै नयाँ किसानहरुले ड्रागन फलको खेती सुरु गरेको कार्यलयमा जानकारी आएको छ ।

जिल्लाको ८ वटै स्थानीय पालिका भित्र ड्रागन फलको व्यवसायी खेती भइरहेको छ तर अहिले मधुवन नगरपालिका ड्रागन खेतीको हब बन्दै गइरहेको प्रमुख ढकालले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ