जबरजस्ती करणी गर्ने युवक पक्राउ

समाचार

बाँके, २४ साउन । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

दैलेख दुल्लु नगरपालिका–६ धामीगाउँ बस्ने २३ वर्षीय सुरेश रावललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

रावलले ती किशोरीलाई गत बिहीबार नेपालगञ्ज घुम्न जाउँ भनि ललाई फकाई बाँके नेपालगञ्ज उपमहानगरपालिका–१ पुष्पलाल चोकस्थित होटलमा लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई पक्राउ पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ