करेन्ट लागेर किशोरको मृत्यु

समाचार

रुपन्देही, २४ साउन । जिल्लाको कोटहिमाई गाउँपालिकामा करेन्ट लागेर एक किशोरको मृत्यु भएको छ ।

कोटहिमाई गाउँपालिका–३ कुडसर बस्ने १५ वर्षीय सचिन गौडको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको हो ।

आफ्नो कोठामा पंखाको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको सिटि अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ