जनकपुरधाम, २६ साउन । मधेश प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता संजय कुमार यादवले मधेश प्रदेशमा लेखापरिक्षण गर्न आउने कर्मचारीहरुले दोहोरो मानसिकताका साथ लेखा परिक्षण गर्ने गरेको बताएका छन् ।
मन्त्री यादवले मधेश प्रदेशमा लेखापरिक्षण गर्न आउने लेखापरिक्षकका कर्मचारी दोहोरो मानसिकता बोकेर आउने गरेको भन्दैँ लेखापरिक्षणका कार्यालयलाई ध्यानाकर्षण गराएका हुन् । उनले एउटै शीर्षकलाई फरक–फरक प्रदेश फरक तरिकाले कानुनी व्याख्या गर्ने पाइएको बताए ।
एउटै शीर्षकमा अलग प्रदेशमा अलग कुरा तर मधेश प्रदेशमा आउँदा बेरुजु ठहर गर्ने गरेको भन्दैँ महालेखापरिक्षकको कार्यालयलाई तत्कालै यसलाई सुधार गर्न आग्रह समेत गरेका हुन् ।
मधेश प्रदेशको धनुषा/महोत्तरी जिल्ला स्थित प्रदेश सरकार मातहातका मन्त्रालय/सचिवालय/आयोग/प्रतिस्ठान/विभाग/निर्देशनालय/कार्यालयका कार्यालय प्रमुख तथा लेखाप्रमुखहरुलाई नाम्समा आधारित लेखापरिक्षण, सम्परिक्षण तथा वित्तिय अनुशासन सम्बन्धी अभिमुखिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले यस्तो बताउनु भएको हो ।
मन्त्री यादवले संघीयता संस्थागत भइसकेको हुदाँ यस्ता किसिमको अपव्याख्याले लेखापरिक्षको प्रतिवदेनमा माथि समेत प्रश्न उठने र विश्वनिशता समेत घट्ने बताए ।
साथै, मन्त्री यादवले यस किसिमको अभिमुखिकरण तालिमले मधेशमा वित्तिय अनुशासन कायम गर्न समेत सहयोग पुग्ने बताएका हुन् ।
तपाईको प्रतिक्रिया