रौतहट, २७ साउन । डेंगुका बिरामी बढ्दै गएपछि रौतहटको मौलापुर नगरपालिकाका महिला मेयर रीना साहले ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरू गरेकी छन् ।
नगरपालिकाले लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरुको खोजी गरी लामखुट्टेको लार्भा नष्ट गर्न घरदलौ अभियान चलाएको हो ।
नगरपालिकाको बजार क्षेत्रमा अभियान सञ्चालन भइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अचेलाल साहले जानकारी दिए ।
अहिले बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको साहले बताए । उनले बजार क्षेत्रमा अभियान सञ्चालन गरिएको जनाउँदै आवश्यक्ता अनुसार सबै वडामा यो अभियान सञ्चालन हुने जानकारी दिए।
पानी जम्ने ठाउँमा लामखुट्टेले लार्भा बनाउने भएकाले पानी जम्न नदिन र निरन्तर सरसफाइको लागि जनचेतनामुलक अभियान अगाडी बढाइएको साहले बताए ।
‘सबै वडाका स्वास्थ्य फोर्कल पर्सन तथा स्वास्थ्यकर्मीलाई तालिम दिएका दिएका छौं । डेंगुबारे जनचेतना फैलाउन घरदलो अभियानमा महिला स्वास्थ्यसेविका, स्थानीय संघसंस्था र जनप्रतिनिधिता सहभागी भएका छन्,’ साहले भने ।
डेंगुको जोखिम कम गर्न र सावधानी अपनाउनका लागि समुदायमा पुगेर सचेतना जगाउने काम भइरहेको नगरपालिकाले जनाएको छ । ‘घरमा भएका गमला, ड्रम, तथा सफा पानीमा डेंगुका लार्भा छन् । घरभित्रनै लामखुट्टे उत्पादन गर्ने कारखाना भइसकेको छ,’ साहले थपे, ‘समान्य जानकारी नहुँदा डेंगु फैलिरहेकाले छ । यसलाई नियन्त्रण गर्न खोज र नष्ट गर अभियान सुरु गरेका हौं ।’
त्यसका साथै स्कुल–स्कुलमा पुगेर बालबालिका मार्फत डेंगु नियन्त्रणका लागि सचेतनाको कार्यक्रम नगरपालिकाले गरिरहेको छ ।
डेंगु भाइरसद्वारा संक्रमित एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले यो रोग सार्दछ । यो रोग सार्ने लामखुट्टे ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी पाइने गर्छ । यो लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ ।
विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ । सहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि सहरमा बढी लामखुट्टे देखिने गर्छन् ।
डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । एडिज नामक लामखुट्टेले विशेष गरी दिउँसो टोक्ने गर्दछ । उक्त लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ ।
विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रो टायर, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गमला, पानीका ट्ंयाकी आदिमा यसले फुल पार्छ ।
डेंगु सार्ने लामखुट्टेले थुप्रै दिनदेखि हलचल नभएको स्वच्छ पानीमा फुल पार्छ । पोथी जातको लामखुट्टेले अण्डा पार्ने वेलामा टोक्ने गर्छ । एक व्यक्तिको रगतले नअघाउँदा पुनः अर्को व्यक्तिलाई टोक्ने गर्छ, जसका कारण धेरै मानिसमा डेंगुको संक्रमण हुन जान्छ ।
दिउँसै टोक्ने लामुखट्टेले डेंगी सार्ने भएकाले घरसँगै विद्यालय, कार्यालय र सार्वजनिक स्थलमा पनि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने चिकित्सकहरू बताउँछन् । अभियानमा उपप्रमुख नागेन्द्र यादव, प्रमुख प्रशाशकिय अधिकृत रामबाबु साह लगायत जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी एवंम सयौंको संख्यामा आम जनसमुदायको सहभागिता रहेकोे छ ।
तपाईको प्रतिक्रिया