आदिवासी जनजाति एक हुनुपर्छ : मन्त्री मोदी

समाचार

विराटनगर, २७ साउन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले अधिकारको सवालमा सबै आदिवासी जनजाति समुदाय एक हुनुपर्ने बताएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को २४ औँ स्थापना दिवसको अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

आदिवासी जनजाति महासङ्घमा विभिन्न जातीय समुदायको सहभागिता रहेकाले अधिकारका लागि महासङ्घभित्र रहेका सबै समुदायबिच एकता आवश्यक रहेको उनले बताए ।

त्यस अवसरमा फोनिजको राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पाँच र प्रदेश पहिचान पुरस्कारबाट दुई जना पत्रकारलाई नगदसहित सम्मान गरिएको थियो ।

राष्ट्रिय पत्रकारिता पुरस्कारबाट दिलीप थापा मगर, किशन राई, जीवन लामा, देवपचपैया मगत तथा उन्नति चौधरी र प्रदेश पहिचान पुरस्कारबाट विदुर खवास र सुजाता लिम्बुलाई पुरस्कृत गरिएको थियो । सो अवसरमा फोनिजको स्मारिका समेत विमोचन गरिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ