महोत्तरी, २७ साउन । सत्तारूढ दल नेकपा माओवादी केन्द्रका ५० जना भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
शनिबार महोत्तरीको मनरा शिशवा–८ सहसराममा एक कार्यक्रमबीच नेकपा माओवादी केन्द्रका वडाध्यक्ष तथा पार्टीका जिल्ला सदस्य बजरंगी तिवारीको नेतृत्वमा ५० जना भन्दा बढी नेताकार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका हुन् ।
नवप्रवेशी नेताकार्यकर्ताहरुलाई जनमत पार्टीका महासचिव तथा मधेश सरकारका श्रम तथा यातायात मन्त्री चन्दन सिंहले पार्टीको सदस्यता प्रदान गरी उनीहरुलाई पार्टीमा स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया