किशोरीलाई जबरजस्ती करणी गर्ने युवक पक्राउ

समाचार

मोरङ, २८ साउन । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

लेटाङ नगरपालिका–५ बस्ने २३ वर्षीय युवराज महरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महराले ती किशोरीलाई साउन २० गते बेलुकी सोही ठाउँस्थित बाँसघारीमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ