काठमाडौं, २८ साउन । जनमत पार्टीलाई सरकारमा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागेका हुन् । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ ।
प्रधानमन्त्री प्रचण्डले साहलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । जनमतलाई सरकारमा सहभागी बनाउन वर्तमान मन्त्रिपरिषद्का सदस्यलाई हटाउनु पर्नेछ ।
माओवादी केन्द्रबाट मन्त्री भएकामध्ये एकलाई हटाएर जनमतकी साहलाई मन्त्री नियुक्त गर्ने तयारी रहेको बुझिएको छ ।
तपाईको प्रतिक्रिया