महाअभियानले जलायो कान्तिपुर पत्रिका

समाचार

रुपन्देही, २८ साउन । हिन्दू धर्म र संस्कृतिमाथि प्रहार गरेको भन्दै समतामूलक समाज निर्माण महाअभियानले कान्तिपुर राष्ट्रिय दैनिक पत्रिका जलाएको छ ।

समतामूलक समाज निर्माण महाअभियानका सदस्य ओमकार पाण्डेयको नेतृत्वमा आइतबार लुम्बिनीमा विभिन्न हिन्दूवादी संघ संगठनका तथा धर्म प्रति जागरुक योद्धाहरुको उपस्थितिमा कान्तिपुर पत्रिकालाई जलाइएको हो ।

वैदिक सनातन हिन्दू धर्मको ब्याख्या गर्ने, धर्मको प्रचार तथा जगेर्ना गर्ने धर्मगुरुलाई अतिवादीको संज्ञा गरि कान्तिपुर राष्ट्रिय दैनिक पत्रिकाले प्रकाशित गरेको खबरप्रति घोर भत्सर्ना प्रकट गर्दै लुम्बिनीमा महाअभियानले कडा रूपमा विरोध प्रदर्शन गरेको छ ।

कान्तिपुरको नजरमा मिशिनरी डलरवादी र क्रिश्चियनहरूको प्रचार प्रसार गर्नेहरु समुह कुन वादि हुन...? भन्दै प्रश्न गर्दै कान्तिपुर पत्रिका जलाएको महाअभियानकी केन्द्रीय उपाध्यक्ष सुनिता साह क्रान्तिले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ