स्कुटर दुर्घटनामा एक जनाको मृत्यु

समाचार

रौतहट, २८ साउन । देवाही गोनाही नगरपालिकामा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

देवाही गोनाही नगरपालिका–४ खापटोलस्थित सडकमा बीआर ३० एएच ०३७९ नम्बरको स्कुटर अन्यन्त्रित भई आइतबार दिउँसो दुर्घटना थियो ।

दुर्घटना हुँदा चालक देवाही गोनाही नगरपालिका–४ बस्ने ६८ वर्षीय शेख अतुउल्लाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ