ललिता निवास जग्गा प्रकरणमा दोषी ठहरिए कारबाही भोग्न तयार छु : डा.भट्टराई

समाचार

कैलाली, २८ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले ललिता निवास जग्गा प्रकरणमा आफू दोषी ठहरिए कारबाही भोग्न तयार रहेको बताएका छन् ।

कैलालीको टीकापुरमा पत्रकारसँगको छलफलमा उनले कानुनले दोषी ठहर गरेमा आफू कारबाही भोग्न तयार रहेको बताउँदै छानबिन निष्पक्ष हुनुपर्ने बताएका हुन् ।

उनले भ्रष्टाचार न्यूनीकरणका लागि संरचनागत रूपमै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले संरचनागत रुपमा समिति बनाउन सके त्यसले सानाठूला सबै भ्रष्टाचारका घटना बाहिर आउने र त्यसको वास्तविक छानबिन हुने भएकाले पनि समिति आवश्यक रहेको जिकिर गरे ।

सरकारले भ्रष्टाचारका विषयमा केही आशा लाग्दा काम गरेको भन्दै डा भट्टराईले सन्तुष्ट भइहाल्नुपर्ने स्थिति भने नरहेको धारणा राखे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ