उपराष्ट्रपति यादव साताव्यापी भ्रमणका लागि चीन जाँदै

समाचार

काठमाडौं, २९ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादव साताव्यापी भ्रमणका लागि जनवादी गणतन्त्र चीन जान लागेका छन् ।

चीनको कुनमिङ्गमा आयोजना हुने ‘सातौँ चीन दक्षिण एशिया प्रदर्शनी’ र ‘२७ औँ चीन कुनमिङ्ग आयात–निर्यात मेला’मा सहभागी हुन उनी सोमबार दिउँदो ४ः२५ बजे चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यही साउन ३१ गतेदेखि भदौ ३ गतेसम्म सञ्चालन हुने उक्त मेलामा सहभागी हुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीन प्रस्थान गर्ने मन्त्रालयका शिष्टाचार महापाल सुधीर भट्टराईले जानकारी दिए ।

चीन भ्रमणमा उपराष्ट्रपति यादवसँगै उनकी धर्मपत्नी चम्पादेवी यादव, उपराष्ट्रपति कार्यालयका सचिव मधुसुदन बुर्लाकोटी, स्वकीय उपसचिव शत्रुधन यादव, निजी चिकित्सक विक्रम सिलवाल र सेनानी रत्नबहादुर श्रेष्ठ, सहसेनानी भीमसेन देवकोटा छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ