नवनियुक्त मुख्यन्यायधिवक्ता बुद्धिबहादुर कटुवालद्वारा शपथ ग्रहण

समाचार

विराटनगर, २९ साउन । कोशी प्रदेशका नवनियुक्त मुख्यन्यायाधिवक्ता बुद्धिबहादुर कटुवालले शपथ ग्रहण गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम कोशी प्रदेशको मुख्यन्यायधिवक्ता पदमा सुनसरी जिल्ला वराहक्षेत्र नगरपालिका वडा नं. ३ का अधिवक्ता बुद्धिबहादुर कटुवाललाई नियुक्त गरेका छन् ।

नवनियुक्त मुख्यन्यायधिवक्ता बुद्धिबहादुर कटुवाललाई उच्च अदालत, विराटनगरका का.मु. मुख्यन्यायधीश सत्यमोहन जोशी थारुले प्रदेश प्रमुख परशुराम खापुङको उपस्थितिमा पद तथा गोपनियताको शपथ गराएका छन् ।

प्रदेश प्रमुखको कार्यालय, विराटनगरमा सपथग्रहण कार्यक्रम सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ