मोरङ, २९ साउन । सुन्दरहरैचा नगरपालिका–५ बलियाबाट अवैध लागूऔषध गाँजा करिब १ केजीसहित सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने पथरी शनिश्चरे नगरपालिका–४ घर भएका ३३ वर्षीय आशिष राई र धनकुटा सागुरगढी गाउँपालिका–३ बस्ने २६ वर्षीय गजेन लिम्बु रहेका छन् ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले आशिष राईको कोठामा तलासी गर्दा खाट मुनि लुकाई छिपाई राखेको अवस्थामा उक्त गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया