तलाउमा डुबेर एकको मृत्यु

समाचार

बाँके, २९ साउन । खजुरा गाउँपालिका–७ सोनबर्षास्थित जमेको पानीको तलाउमा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराम राडको सोमबार दिउँसो मृत्यु भएको छ ।

तलाउमा उम्रिएको कोकाको घाँस सफा गर्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ