भारतको स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्रीद्वारा शुभकामना

समाचार

काठमाडौं, ३० साउन । मित्रराष्ट्र भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुभकामना दिएका छन् ।

भारतको स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्विट गर्दै शुभकामना व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री मोदी र भारतीय जनतालाई भारतको निरन्तर शान्ति, प्रगति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ