चिनियाँ जनमुक्ति सेनाका जर्नेल नेपाल आउँदै

समाचार

काठमाडौं, ३० साउन । चिनियां जनमुक्ति सेनाको तिब्बत मिलिट्री कमाण्डका डेपुटी कमाण्डर उपरथी यु एनदे नेपालको पाँच दिने भ्रमणका क्रममा भोलि बुधबार काठमाडौं आउन लागेका छन् ।

सैनिक प्रवक्ता सहायकरथी कृष्ण प्रसाद भण्डारीले चिनियां जनमुक्ति सेनाका दुई तारे जनरल नेपाल आउंन लागेको पुष्टि गरेका छन् ।

पांच दिने नेपाल भ्रमणका क्रममा काठमाण्डौं आउंन लागेका युले प्रधानमन्त्री पुष्पकमल दाहाल,रक्षामन्त्री पुर्ण खड्का र प्रधानसेनापति प्रभुराम शर्मासंग भेटवार्ता गर्ने कार्यक्रम छ । उनले नेपाली सेनाको शिवपुरीस्थित कमाण्ड तथा स्टाफ कलेजमा समेत भ्रमण गर्ने कार्यक्रम रहेको सैनिक स्रोतले जानकारी दियो ।

भ्रमणको क्रममा नेपाल र चीनबीच रोकिएको सैन्य अभ्यास र सैनिक सहकार्यका विषयमा समेत छलफल हुने कार्यक्रम छ । त्यसका साथै चीनबाट खरिद गर्न लागिएको एपीसी र सैनिक सामाग्रीको विषयमा समेत भ्रमणमा छलफल हुनेछ ।

सेनाले चीनबाट ल्याउन लागेको ७ अर्ब बराबरको सैनिक सामाग्री अहिले विवादका कारण रोकिएको छ । प्रधानसेनापति प्रभुराम शर्मा पनि चीन भ्रमणमा जाने तयारीमा छन् ।

उनले यसअघि भारत र अमेरिकाको भ्रमण गरेपनि चीन भ्रमणमा भने ढिलाई भइरहेको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणकै बेला शर्मा पनि बेइजिङ जाने तयारीमा छन् । स्रोतः काठमाण्डुपाटीडटकम

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ