रौतहट, ३१ साउन । आँखा पाक्ने रोग नियन्त्रणका लागि वृन्दावन नगरपालिकाले निःशुल्क रूपमा औषधि वितरण गरेको छ ।
भाइरल कनजकीटभाइटिस आँखा पाक्ने रोगको नियन्त्रण तथा रोगथामका लागि नगरपालिकाबाट आम नागरिकको सहयोग पुग्ने उद्देश्यले निःशुल्क रूपमा औषधि उपलब्ध गराइएको नगर प्रमुख विनोद प्रसाद पटेलले बताएका छन् ।
अहिले नेपालको विभिन्न जिल्लाहरूमा आँखा पाक्ने समस्या देखिएकोले आँखाको राम्रोसित हेरचाह गर्न आग्रहसमेत गरेका छन् । मानिसको महत्वपूर्ण अंगको रूपमा आखा रहेकोले आँखामा समस्या आउँदा हेलचकराई नगर्न सुझाव उनको रहेको छ ।
नगरपालिकाको वडाहरूमा आँखामा हाल्ने ड्राप व्यवस्थापन गरिएको र उपचारको लागि आउने विरामीहरूलाई निःशुल्क रूपमा औषधि प्रदान गर्न निर्देशन दिइएको नगर प्रमुख पटेलले बताए ।
स्वास्थ्य जस्तो संवेदनशील विषयमा आफू गम्भीर भएर अघि बढिरहेको उनको कथन छ । आखा रातो हुनु, दुखाउनु, चिलाउने जस्ता आखा पाक्ने रोगको लक्षण रहेकोले यस्ता किसिमको समस्या देखा पर्ने वित्तिकै नजिकको स्वास्थ्य केन्द्र गएर चिकित्सकसंग सलाह गर्न नगरवासीलाइ अपील समेत गरेका छन् ।
नगरपालिकाले सरसफाइमा ध्यानकेन्द्रित गरेको बताउँदै शिक्षा, सामाजिक विकास र भौतिक पूर्वाधार निर्माणको कार्यलाइ पनि निरन्तरता दिएको जनाएका छन् ।
तपाईको प्रतिक्रिया