नेपालगन्जमा विशिष्टीकृत उपचार सेवा सुरू

समाचार

नेपालगन्ज, ३१ साउन । फत्तेबाल आँखा अस्पताल नेपालगन्जमा अकुलोप्लाष्टी र कर्नियाको विशिष्टीकृत उपचार सेवा सुरू गरिएको छ ।

पश्चिम नेपालका तीन प्रदेश लगायत भारतका समेत आँखाका बिरामीहरूको लामो समयदेखि उपचार गर्दै आएको सो सेवा सुरू गरिएपछि उक्त अस्पतालमा आँखाको नानी प्रत्यारोपणसँगै जन्मजात वा पछि तल खसेको आँखाको ढकनीको उपचार हुने अस्पतालले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख विष्टले फत्तेबाल आँखा अस्पतालसँगको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकालाई दृष्टिविहीनमुक्त बनाउने प्रतिबद्धता यसअघि नै गरेको स्मरण गराउँदै सोही बमोजिम काम अगाडी बढेको बताए ।

उनले यो अस्पताललाई पश्चिम नेपलकै विशिष्टीकृत सेवा प्रदान गर्ने आँखा अस्पताल बनाउने कुरामा उपमहानगरको सधैं सहयोग रहने बताए ।

यस्तै, नेपालगन्जका नगर उपप्रमुख कमरूद्दिन राईले फत्तेबाल आँखा अस्पतालमा आँखाको नानी प्रत्यारोपण र प्लास्टिक सर्जरी जस्तो विशिष्टीकृत सेवा सुरू भएबाट यस क्षेत्रका धेरै बिरामीलाई उपचारमा सहज हुने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ