निःशुल्क आँखा जाँच शिविर सम्पन्न

समाचार

कपिलवस्तु, ३१ साउन । कपिलवस्तुको शिवराज नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ ।

पालिकाको वडा ३ मदवामा भएको शिविरमा ३९० जनाले आँखा परीक्षण गराएका छन् । छन्दे कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगञ्जका स्वास्थ्यकर्मीले चेकजाँच गरेका थिए ।

समुदायमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएकाले शिविरबाट लाभान्बित भएका छन् । चनई स्वास्थ्य चौकीका प्रमुख जितेन्द्र बिसीका अनुसार सो संख्याका विरामीको आँखा पाक्ने रोगका बिरामीको उपचार भएको थियो ।

शिविरमा २२ जना मोतियाबिन्दुका बिरामीलाई अप्रेशनका लागि रेफर गरिएको छ । समस्या देखिएका ६९ जना बिरामीलाई चश्मा वितरण गरिएको आँखा अस्पतालका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ