महोत्तरी, ३२ साउन । पिपरा गाउँपालिकामा ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पिपरा गाउँपालिका–४ का ३५ वर्षीय कृष्णकुमार मिश्र रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार खेत जोतिरहेको बेला ट्याक्टर पल्टिँदा किचिएर उनको मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया