बोलेरो र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

समाचार

धनुषा, १ भाद्र । मिथिला नगरपालिका–७ स्थित सडकमा प्र.१–०१–००१ च ८६३९ नम्बरको बलेरो पिकअप र प्र ०२–०२–००४ प २१९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

दुर्घटना हुँदा मोटरसाइकलमा सवार लक्ष्मीनिया गाउँपालिका–७ घर भई जनकपुर उपमहानगरपालिका–९ बस्ने २३ वर्षीय ओम कुमार रामको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको ढल्केबर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ