सरकारको आलोचना गरेर समाचार लेख्न मुख्यमन्त्रीको आग्रह

समाचार

रुपन्देही, १ भाद्र । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकारको आलोचना गरेर समाचार लेख्न सञ्चार माध्यम र पत्रकारहरूलाई आग्रह गरेका छन् ।

बुटवलमा शुक्रबार मिडिया सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले मिडिया बलियो भए मात्र सरकार बलियो हुने बताएका हुन् ।

मुख्यमन्त्री चौधरीले सकारात्मक आलोचनाले मात्रै सरकारलाई सही मार्गदर्शन गरी गल्ती कमजोरी सच्याउन मौका मिल्ने बताए ।

उनले राजनीतिक परिवर्तनमा मिडियाहरूको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाको सबलीकरणमा प्रदेश सरकार साथमा रहेको उल्लेख गरे ।

सम्मेलनमा प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, अग्रज पत्रकारहरू कनकमणि दीक्षित, युवराज घिमिरे, डा. बालकृष्ण चापागाईँ लगायतले सञ्चार माध्यमहरूले बहुआयामिक चुनौतीहरूको सामना गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ