समाजसेवी साहको निधन

समाचार

जनकपुरधाम, १ भाद्र । जनकपुरधामको शिक्षा क्षेत्रमा विशेष योगदान दिएका वरिष्ठ समाजसेवी रामचन्द्र साहको ९५ वर्षको उमेरमा निधन भएको छ ।

जनकपुरधामको रामस्वरुप रामसागर बहुमुखी क्याम्पस (राराब), सरस्वती, कन्या माध्यमिक विद्यालयको निर्माण, गंगासागर घाट तथा कैयन धर्मशाला, पुल सहितको सार्वजनिक संरचनाको निर्माण गरेर सामाजिक क्षेत्रमा विशिष्ट योगदान दिएका वरिष्ठ समाजसेवी एवं दानवीरका रुपमा परिचित साहको शुक्रबार आफ्नै निवासमा निधन भएको हो ।

जनकपुरधामको शिक्षा र स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा जग्गा, जिन्सी र नगद गरि अर्बौँको सम्पत्ति दान गरेका रामसागर रामस्वरुप साहका परिवारका ज्येष्ठ सदस्य साहको निधनले सामाजिक क्षेत्रमा अपुरणीय क्षति भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ