कैलाली, २ भाद्र । धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।
खैरो हेरोइनजस्तो देखिने पदार्थ २४ मिलिग्रामसहित गोदावरी नगरपालिका–२ बस्ने २६ वर्षीया सिता चौधरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी चौकी कैलालीगाउँ र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
साथै थप अनुसन्धानको क्रममा धनगढी उपमहानगरपालिका–४ तारानगर डेरा गरी बस्ने ३४ वर्षीय गणेश बहादुर डाँगी र उनकै श्रीमती ३० वर्षीया खेमा डाँगीलाई १० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित प्रहरीले पक्राउ गरेको छ ।
तपाईको प्रतिक्रिया