मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु

समाचार

रूपन्देही, २ भाद्र । तिलोत्तमा नगरपालिका–५ मणिग्रामस्थित सडकमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

लु.७६ प ७२११ नम्बरको मोटरसाइकल र लु.७५ प ६९२० नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा स्कुटर चालक तिलोत्तमा नगरपालिका–६ पुरानो सडक बस्ने ५४ वर्षीय नबिन श्रीषको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमसन अस्पताल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ