भन्सार छली ल्याइएको सामान बराम

समाचार

कपिलवस्तु, ३ भाद्र । भन्सार छली नेपाल भित्रिएको अवैध कपडासहितको सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालयले कपडा सहित बा ७ च १५२३ नम्बरको निसान गाडी तथा काठमाडौ महानगरपालिका वडा न. २ बस्ने बर्ष २३ को अनुप पन्तलाई नियन्त्रणमा लिएको हो ।

कुकुरभुकवा नाकाबाट भन्सार छली ल्याइएको कपडा नेपाल पुलिसले पछ्याउँदै पक्राउ गरेको हो । पक्राऊ गरेको कपडाको मूल्य रू ३ लाख ६० हजार बराबरको रहेको प्रहरी स्रोतले जनायो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ