शिक्षा क्षेत्रको विकास प्राथमिकतामा : मुख्यमन्त्री शाह

समाचार

कैलाली, ३ भाद्र । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिक्षा क्षेत्रको विकासलाई सरकारले प्राथमिकता दिएको बताएका छन् ।

धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री शाहले प्रदेशका सबै पालिकाहरूमा एउटा÷एउटा नमुना विद्यालय बनाउने योजना सरकारले अघि बढाएको बताए । उनले यसपाली समग्र शिक्षा क्षेत्रका लागि डेढ अर्ब बजेट बिनियोजन गरिएको जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं सांसद आरजु राणा देउवाले बजेट, स्रोत साधन, जनशक्ति भएर पनि गुणस्तरीय शिक्षा प्रदान गर्न चुकिरहेको बताइन् ।

उनले सामुदायिक विद्यालयले अपेक्षित रिजल्ट दिन नसक्नु चिन्ताको विषय भएको बताइन् ।

रुडुकद्धरा आयोजित समावेशी, गुणस्तरीय शिक्षा र बजेट विषयक प्रादेशिक सम्मेलनमा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री डा.रणबहादुर रावल, रुडुकका राष्ट्रिय निर्देशक डा.के.के. श्रेष्ठ लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ