वीरगन्ज, ४ भाद्र । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास भएको छ ।
परराष्ट्रमन्त्री एनपी साउदले प्रशासकीय भगवनको शिलान्यास गरेका छन् । परराष्ट्रमन्त्री साउनले स्थानीय तहलाई भौतिक रूपमा सुविधा सम्पन्न बनाउन सकिए जनताले पनि सहज रूपमा सेवा पाउने बताएका छन् ।
मन्त्री साउदले जनताको सबैभन्दा नजिकको सरकार भएकाले स्थानीय तह जति सुविधा सम्पन्न भए जनताले त्यति नै सहज रूपमा सेवा सुविधा पाउने बताएका हुन् ।
कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति तथा प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री र नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीले स्थानीय सरकारले भौतिक विकाससँगै जनताको जीवनस्तर उकास्ने योजना बनाउनुपर्ने सुझाव दिएका थिए ।
सो अवसरमा गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि जग्गा दान दिनुभएका स्थानीय समाजसेवी मनोज चौधरीलाई मन्त्री साउदले दोसल्ला ओढाएर सम्मान गरे ।
कूल रु छ करोड नौ लाखमा निर्माण हुने प्रशासकीय भवनमा कार्यालयसँगै, सभाहल लगायतका भवन निर्माण हुने गाउँपालिका अध्यक्ष दिनेशकुमार चौधरीले जानकारी दिए ।
भवन अगामी दुई वर्षमा निर्माण गरी निर्माण कम्पनीले पालिकालाई हस्तान्तरण गर्ने सहमति भएको अध्यक्ष चौधरीले बताए ।
तपाईको प्रतिक्रिया