नवनियुक्त प्रधानन्यायाधीशद्वारा शपथ ग्रहण

समाचार

काठमाडौं, ५ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति राम सहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, मन्त्रीहरू, सुरक्षा निकायका प्रमुखहरू, सर्वोच्च अदालतका न्यायाधीश लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ