विराटनगर, ५ भाद्र । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले कोशी प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा त्रुटि भएको बताएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कोशी प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिने विषयमा केही त्रुटि भएको र यस्ता विषयमा अदालतले निर्णय गर्ने बताएका हुन् ।
सत्ता प्राप्तिका लागि विधि र प्रक्रिया मिचेर गरिने निर्णयले लोकतन्त्र कमजोर बनाउने उनले बताए ।
उनले नेपाली कांग्रेस विधिको शासन मान्ने पार्टी भएकाले अदालतले गर्ने निर्णय काँग्रेसले स्वीकार गर्ने उनले प्रष्ट पारे ।
कोशी प्रदेश सभामा भदौ ४ गते मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा बैठकको अध्यक्षता गर्ने सदस्यले मतदान गरेका थिए ।
तपाईको प्रतिक्रिया